खाेज्नुहाेस

गोदावरीबाट १ लाख ४९ हजारका अवैध सामान वरामद

Image

अत्तरिया – कैलालीको गोदावरीमा १ लाख ४९ हजार रुपैयाँ बराबरका भन्सार छलिका सामान प्रहरीले वरामद गरेको छ।

navjiwan hospital

प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले सोमबार साझ गोदावरी नगरपालिका–४ वनदेवी मन्दिर नजिकको सडकखण्डबाट अटो पार्ट्सका डिजिटल तराजु, हाइड्रोलिक प्रेसर पाइप, हाइड्रोलिक तेल, फिल्टरलगायत १ लाख २५ हजार रुपैयाँ बराबरका सामान फेला पारेको थियो।

attariya hospital

त्यस्तै, अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको अर्को टोलीले जामा, सुट पिस गरी २४ हजार रुपैयाँ बराबरका कपडा वरामद गरेको छ। वरामद गरिएका सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय, कैलाली पठाइएको प्रहरीले जनाएको छ।