खाेज्नुहाेस

शुभकामना साटासाट गर्दै मनाइयो इद उल फित्र

Image

अत्तरिया – मुस्लिम धर्मावलम्बीले विधिपूर्वक इद उल फित्र मनाएका छन् । इद उल फित्रका अवसरमा मुस्लिम समुदायले मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । नवाज पछि एक आपसमा शुभ–कामना साटासाट गर्ने प्रचलन रहेको छ । इद उल फित्र मुस्लिम समुदायको महत्त्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

navjiwan hospital

सो क्रममा धनगढी उप महानगरपालिका वडा नम्बर–१ स्थित नुरी जामा मस्जिदमा पनि मुस्लिम समुदायले विधिपूर्वक इद उल फित्र मनाएका छन् । एक महिना व्रत सँगै इदको अवसरमा सोमबार नवाज पढ्दै एक अर्कामा शुभ कामना आदान प्रदान गरिएको छ । रमजान इदका अवसरमा मुस्लिम समुदायले कमाइको साढे दुई प्रतिशत विपन्न परिवारलाई सहयोग गर्ने गरेको नुरी जामा मस्जिदका कार्यालय सचिव पप्पु कुरैसीले बताए । विपन्न परिवारलाई सहयोग गर्नु इदको सबैभन्दा ठुलो विशेषता रहेको उनले बताए ।

attariya hospital

नुरी जामा मस्जिदका सचिव तोवि शिद्धिकीले नवाज पछि घरमा पकाइएका मिठा मसिना खाने कुरा खाने र आफूभन्दा सानालाई दक्षिणा दिने परम्परा रहेको बताए । सो अवसरमा पुराना दुस्मनी र रिसिविलाई बिर्सेर सुमधुर सम्बन्ध कायम गर्ने गरिएको पनि उनले बताए ।