अत्तरिया – नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको अत्तरियामा स्वागत गरिएको छ । नेपाल लघुवित्त बैकर्स संघ समन्वय समितिले अध्यक्ष यादवको अत्तरियामा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा समितिका अध्यक्ष तथा नेरुडे मिर्मिरे लघुवित्तका शाखा प्रमुख नरेश बोहरा, उपाध्यक्ष तथा नेशनल लघुवित्तका शाखा प्रमुख मनोज पण्डित, सचिव तथा सूर्योदय वोमी लघुवित्तका शाखा प्रमुख दीपक महरा लगायतको सहभागिता रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विगतमा लघुवित्त क्षेत्रमा देखिएका कतिपय कुराहरू नियोजित भएको, स्थानीय तह, सरकारी निकाय, राष्ट्र बैकले वास्तविकता बुझेपछि समस्या भएको बताए । उनले हाल लघुवित्तको विकल्प नरहेको प्रस्ट हुन थालेकाले आगामी दिनमा लघुवित्तहरूले सामूहिक रूपमा सामाजिक जनचेतना, वित्तीय साक्षरता, आम जनसमुदायमा लघुवित्तको मर्म, वित्तीय पहुँच पु¥याउनका लागि मिलेर अगाडि बढ्नुपर्ने बताए ।