खाेज्नुहाेस

हातमा कालोट्टी बाधेर काम गर्दै कैलालीका पत्रकार

Image
navjiwan hospital

अत्तरिया – एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या भएपछि पत्रकारहरू आन्दोलित भएका छन् । पत्रकारको हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध पत्रकारहरू आइतबार हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन । केन्द्रिय कार्यक्रम अन्तरगत आइतबार कैलालीका पत्रकारहरुले पनि हातमा कालोपट्टी बाधेर काम गरेका छन । उनीहरु कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाधेर खटिएका हुन ।

पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अनुसार आईतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कैलालीका सहसचिव शंकर बोहराले जानकारी दिए ।

attariya hospital