अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शनिवार धनगढी उप–महानगरपालिका – ३ मिलनचोकबाट लागू औषध सहित गौरीगंगा नगरपालिका – ६ वनवेहडा २९ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन ।

उनको साथबाट ३ ग्राम ८२० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनको साथमा रहेको सुपप्र ०१००९ प ७२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ ।















