खाेज्नुहाेस

कैलालीमा जंगलमा बसेका विदेशी नागरिक फर्किए

Image
file photo

घोडाघोडी – कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बस्दै आएका विदेशी नागरिक फर्किएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र ठाउँ खाली गर्न निर्देशन दिएको भएपनि उनीहरूले २८ दिनपछि मात्रै जंगल छाडेर गएका हुन ।

navjiwan hospital

करिब १५० जना विदेशी नागरिक—भारत, अमेरिका, चीन, जापान लगायत देशका थिए । उनीहरुले जङ्गलमा अस्वाभाविक गतिविधि गर्दै बसेको गुनासो स्थानीयले गरेपछि प्रशासनले हस्तक्षेप गरेको थियो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार उनीहरूले सरकारी जङ्गलमा बस्न अनुमति नलिएकाले प्रशासनले हटाउन खोजेको थियो ।

attariya hospital

प्रहरी टोलीले बसोबास हटाउन प्रयास गरेपछि आधा जती विदेशी नागरिक जंगलमै सबेका थिए । शुक्रबार उनीहरू त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका हुन् । नगरप्रमुख खड्कबहादुर रावतका अनुसार उनीहरूले कुनै हानी पु¥याउने गतिविधि नगरेको बताए ।

सिमली जङ्गलमा बसोबास गर्ने समूह रेन्बो फ्यामिली हो, जसले प्राकृतिक जीवनशैली अपनाउँदै शान्तिको पक्षमा उभिने विश्वास राख्छ । यो समूह सन् १९७० को अमेरिकी हिप्पी आन्दोलनबाट सुरु भएको थियो र हाल विश्वभर फैलिएको छ । नेपालमा यसअघि अछाम र गुल्मीमा पनि यस्ता जमघट भएका थिए ।