अत्तरिया – कैलालीको अत्तरिया चोकमा राखिएका २ ठेला पसलमा आगलागी भएको छ ।

शुक्रबार साझ ग्यासबाट सल्किएको आगोले चोकमा राखिएका २ ठेला जलेका हुन ।

आगलागीबाट मिनु साहको चिकेन बिरियानी र टन्कर साहको मम बिरियानीको ठेलामा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ठेलामा सामान्य क्षेती भएको छ । साझको समयमा अत्तरिया चोकमा ठेला भरिभराउ हुने गरेका छ्न । चोकमा अव्यवस्थित रुपमा राखिने ठेलाले दुर्घटनाको जोखिम समेत बढेको छ ।