लक्ष्मी बिष्ट, अत्तरिया – कैलालीको अत्तरियामा जुलुस निकालिएको छ । बेथिति र भ्रष्टाचार विरुद्ध राष्ट्र प्रेमी जनसमुदाय गोदावरीले जुलुस निकालेको हो ।

देशमा मैलाइरहेको बेथिति, भ्रष्टाचार अराजक गतिविधि तथा नेपाल सरकारले राजनीतिक पूर्वाग्रही ढङ्गले विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई बर्खास्तको विरुद्ध र सनातन वैदिक दिन्दुराष्ट स्थापनार्थ आम राष्ट्रवादीहरुद्धारा जुलुस निकालिएको राप्रपा गोदावरी अध्यक्ष दुर्गा पोखरेलले बताए ।

यसैबिच जुलुसमा पुत्ला जलाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले पुत्ला जलाउन खोज्दा एक जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा राप्रपाका नेता बिराज विष्ट रहेको प्रहरीले जनाएको छ ।


















