खाेज्नुहाेस

अत्तरिया बजारबाट लागुऔषध सहित २ जना पक्राउ

Image


सीता बिष्ट, अत्तरिया –
कैलालीको अत्तरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । बिहिबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरी टोलीले अत्तरिया बजारबाट २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका– १ बस्ने २६ वर्षिय रमेश पुनमगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ बस्ने २७ वर्षिय दिपक ओली रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाका अनुसार अत्तरिया बसपार्कबाट चौराहतर्फ संकास्पद रुपमा हिडिरहेका दुवै जनालाई रितपुर्वक खानतलासी गरिएको थियो ।

attariya hospital

खानतलासीका क्रममा उनिहरुका साथबाट १ ग्राम ५०० मिलिग्राम लागुऔषध बरामद गरिएको उनले बताए । पक्राउ परेका दुवै जनामाथी आवश्यक कारबाही भैरहेको प्रहरीले बताएको छ ।