
अत्तरिया – कैलालीको गोदावरीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका – ३ स्थित गोदावरी नदीमा डुबेर स्थानीय १५ वर्षीया पूजा सार्कीको मृत्यु भएको हो ।
साथीहरुसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन् । घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पु¥याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
