खाेज्नुहाेस

विपद्का काम एकद्वार प्रणालीबाट गर्न जोड

Image

अत्तरिया – विपद्का काम एकद्वार प्रणालीबाट गर्न जोड दिइएको छ । आइतबार कैलालीको अत्तरियामा मौसम दिवसको अवसरमा आयोजित ‘विशेष कार्यक्रम’ सहभागीले सो कुरामा जोड दिएका हुन । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले आयोजना गरेको ‘विशेष कार्यक्रम’ बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले सबैको सहकार्यमा विपद्को जोखिमबाट जोगिन सकिने बताए ।

उनले पछिल्लो समय विपद्को जोखिम बढ्दै गएकाले तीनै तहका सरकार र सम्बन्धित संघ संस्थाबिच सहकार्य हुन आवश्यक रहेको बताए । ‘हामी सँग सहयोगी संस्थाहरू छन्, स्थानीय सरकार छ, प्रदेश सरकार छ र संघीय सरकार छ’ उनले भने तीनै तहका सरकार नमिलीकन अहिले विपद्को काम गर्न अन्योल हुने अवस्था छ । त्यसलाई अन्त्य गर्नु सबैको सहकार्य हुनुपर्छ ।’

attariya hospital

उनले विपदमा काम गर्ने सबै संस्थाहरू मिलेर एकद्वार प्रणालीबाट काम गर्नुपर्ने बताए । उनले संघस्थाहरुलाई चलाउन विधेयक ल्याउने तयारी गरिएको भए पनि केन्द्रमा पनि ऐन बनाउने तयारी भइरहेकाले यता रोकिएको बताए । उनले केन्द्रमा जस्तै प्रदेशमा पनि प्रदेश विपद् प्राधिकरण बनाउने तयारी भइरहेको बताए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विपद्का जोखिमहरू बढ्दै गएका भए पनि अहिलेको समयमा हामीले जोखिममा कसरी अनुकूलित हुने भन्ने चुनौती रहेको बताए । उनले सुदूरपश्चिममा ढुवान, कटान र पटानको बढी समस्या रहेको बताए ।

अब हामीले यसका जोखिम कम गर्नको लागि गम्भीर समीक्षाको आवश्यकता रहेको बताए । ‘अब हामीले कुनै एक क्षेत्रलाई नमुनाको रूपमा लिएर विपद्का काम गर्न आवश्यक छ’ उनले भने ‘चुरेबाटै बग्ने कुनै एक नदीलाई स्याम्पलका रूपमा लिएर जलवायु परिवर्तनका असर अध्ययन गरेर काम गरौँ ।’ उनले समुदायमा पनि जलवायुको धेरै ज्ञान र सीप भएकाले त्यसको पनि सदुपयोग गर्न ती सीप र ज्ञानलाई विज्ञान सँग जोड्न आवश्यक रहेको बताए ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढिरहेको बताउँदै उनले सुदूरपश्चिमका पहाडी क्षेत्रमा यसको बढी प्रभाव परेको बताए । उनले जलवायु परिवर्तनका कारण पहाडमा पानीका मूल सुक्ने, हिमाल पग्लिने क्रम बढेको बताए ।