धनगढी– ऐश्वर्य विद्या निकेतनले धनगढी उपमहानगरपालिकाका ३८ जना जेहन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा १९ वडाका वडाध्यक्षहरूले सिफारिस गरेका २(२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न विद्यालय र वडाध्यक्षबीच सम्झौता भएको हो। यो छात्रवृत्ति एक शैक्षिक सत्रका लागि हुनेछ।

विद्यालयका निमित्त प्राचार्य संजय कुमार पन्तले ऐश्वर्यलाई निजी विद्यालयको रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई सुदूरपश्चिमको सम्पत्ति मान्नुपर्ने बताए। उनले विद्यालयको विकासका लागि सबैलाई सहयोग गर्न आह्वान गरे।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर वड, सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा, र विभिन्न वडाध्यक्षहरूको उपस्थिति थियो।
















