खाेज्नुहाेस

अब किसानको उत्पादन सिधै उद्योगमा

Image

अत्तरिया – किसानको कृषिजन्य उत्पादन सिधै खरिद गर्ने गरी नवजीवन सहकारीले ‘नवजीवन खाद्य उद्योग’ सञ्चालनमा ल्याएको छ । किसानका उत्पादन सहकारीद्वारा सञ्चालित उद्योगबाट सिधै खरिद गर्ने गरी उद्योग सञ्चालनमा ल्याइएको हो । उक्त उद्योगले हाल चामल उत्पादन सुरु गरिसकेको छ ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमले बिचौलियाले बिचमा खाने गरेका कारण उद्योगले सिधै किसानबाट धान खरिद गरेको बताए । ‘पहिलो वर्ष उद्योग स्थापना गरिएको क्षेत्र गोदावरी नगरपालिका–८ मजगाउँबाट ३ हजार क्युन्टेल, सहुलियाबाट २ हजार क्युन्टेल, बर्दियाबाट ७ हजार कुन्टेल र अन्य किसानबाट ३ हजार क्युन्टेल धान खरिद गरेका छौ’ उनले भने ‘आगामी वर्ष पनि हामीले किसानबाट सिधै धान खरिद गर्ने योजना बनाएका छौ ।’ उनले किसानलाई बिउ दिएर सुरुमै खरिद गर्ने सम्झौता गरेर धान खरिद गरिने बताए ।

attariya hospital

उनले कृषिको उत्पादन बढाउनका लागि किसानलाई मल पनि उपलब्ध गराउनले बताए । आगामी वर्ष धान सँगै गहुँ, तोरी र मुसुरोको दाल पनि खरिद गर्ने योजना रहेको उनले बताए । उनले सहकारीबाट बजार मूल्य भन्दा कममा कृषिजन्य बस्तु उत्पादन गरिने बताए ।

navjiwan hospital

उनले सहकारी अन्तरगत कृषि उप–आयोजना कमिटी गठन गरेर कृषिका काम गरिरहेको बताउँदै उद्योग विभागबाट ट्रेड मार्ग पनि लिइसकेको बताए । ट्रेडमार्क अन्तरगत चामल, पीठो, तोरीको तेल, मुसुरोको दालको ब्राण्डिङ गरिने उनले बताए ।
यसबिच सहकारीले पहिलो उत्पादनका रूपमा चामल बजारमा ल्याएको छ ।

सहकारीले सहकारीले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उत्पादित चामल बजारमा ल्याएको घोषणा गरेको हो । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा कृषि उप आयोजना अन्तरगत स्थापना गरिएका उद्योगबाट चामल उत्पादन सुरु गरेको हो । जसअन्तर्गत मसिनो र ग्रेडिङ चामल उत्पादन सुरु गरिएको छ । संस्थाका अध्यक्ष बमले हालसम्म १ हजार १८४ क्विन्टल धान कुटाइ गरेर ६२९ क्विन्टल चामल उत्पादन गरिएको बताए ।

maya metro hospital

सहकारीले २५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए । उनका अनुसार उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने छ । उनले छिटै होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बताए ।

२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । सहकारीमा ३१ करोड ३४ लाख शेयर पुँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप सङ्कलन गरी ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो ।

Karma Consultancy