खाेज्नुहाेस

अत्तरियामा मौसम अवलोकनकर्ताका लागि क्षमता अभिवृद्धि तालिम

Image

अत्तरिया – कैलालीको अत्तरियामा पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ । सुदूरपश्चिमका जल तथा मौसम अवलोकनकर्ताको लागि २ दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीले विश्व हिमनदी र जल तथा मौसम दिवसको अवसरमा तालिम आयोजना गरिएको बताए ।

उनले पछिल्लो समय अटोमेटिक तरिकाले तथ्याङ्क सङ्कलनको काम हुने भए पनि जल तथा मौसम अवलोकनकर्तालाई पूर्व सूचना सँग जोड्न आवश्यक भएका क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको बताए ।

attariya hospital

‘नेपालमा जल तथा मौसमको तथ्याङ्क सङ्कलन गर्न लागेको १०४ वर्ष भइसकेको छ’ उनले भने ‘अब तथ्याङ्क सङ्ग्रह गरेर मात्रै हुँदैन । त्यसलाई नागरिकको आवश्यकता सँग जोड्न आवश्यक छ । तथ्याङ्कको आधारमा पूर्व सूचना दिन सक्नुपर्छ । जसका लागि जल तथा मौसम अवलोकनकर्ताको जिम्मेवारी फेरिन आवश्यक छ ।’

navjiwan hospital

उनले जल तथा मौसम अवलोकनकर्ताको भूमिका जनतालाई विपद्को ज्ञान हस्तान्तरण गर्ने माध्यम पनि हुन आवश्यक रहेको बताए ।

maya metro hospital

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले अहिले तथ्याङ्क थन्किएको अवस्थामा भएकाले यसको सदुपयोग गर्न सही तथ्याङ्क सही समयमा लिन आवश्यक रहेको बताए । तालिम आइतबार सम्पन्न हुने जनाइएको छ ।

Karma Consultancy