अत्तरिया– कैलालीको लम्कीचुहा नगरपालिका– ६ गुलरामा रहेको सूर्याेदय बोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार बर्दगोरिया गाउँपालिका– २ बौनियामा संस्थाको वार्षिक समुह भेला तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
समूह नं. १३ कि अध्यक्ष विष्णु अर्याल रेग्मीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका – ६ वडाध्यक्ष लोकेन्द्रबहादुर कठायत रहेका थिए । कार्यक्रममा बोल्दै उनले लघुवित्तले थोरै भएपनि दुखद् घडीमा मृतका परिवारलाई राहात गरि सहयोग गरेको बताए । उनले सानोपँुजीबाट सुरुवात भएको सूर्योदय बोमी लघुवित्त गुलरा शाखा अहिले सबैको मनमुटुमा बस्न सफल भएको समेत बताए ।


कार्यक्रममा लम्कीचुहा उद्योग वाणिज्य सङ्घका सदस्य तथा पत्रकार लोकबहादुर देउवाले सूर्योदय बोमीबाट लिएको ऋणको सहि सदुपयोग गर्न र हल्लाको पछाडी नलाग्न आग्रह गरे । लघुवित्तले सेयर सदस्य एवम् किसान महिलाहरूको आर्थिक र सामाजिक विकासका लागि गरिरहेको योगदानको उनले प्रशंसा समेत गरे ।
कार्यक्रममा वडासदस्य दुर्गाप्रसाद डाँगी, सुर्योदय वोमी लघुबित्त आलेप बिभागका बिभागिय प्रमुख हरिप्रसाद सिन्देल, आलेप बिभागमा कार्यरत अधिकृत बिमल कोइराला, संस्थाका उदासिपुर शाखा प्रमुख सुष्मा कुमारी चौधरी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वार, संस्थाका बसन्तपुर अत्तरिया शाखा प्रमुख दीपक महरा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको वार्षिक प्रतिवेदन मोहन बहादुर धामीले प्रस्तुत गरेका थिए । कार्यक्रममा बसन्तपुर अत्तरिया शाखा प्रमुख महराले स्वागत मन्तव्य राखेका थिए भने कर्मचारी जित बहादुर चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

















