खाेज्नुहाेस

अत्तरियामा विद्युत कर्मचारीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

Image

अत्तरिया – अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि भएको खुकुरी प्रहारको घटनामा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ परेकामा धनगढी उपमहानगरपालिका-१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका-१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेका छन्। सिंहलाई फागुन २७ गते प्रत्यक्ष संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो भने भट्टलाई घटना घटाउन सहयोग गरेको आरोपमा चैत्र ७ गते पक्राउ गरिएको हो।

navjiwan hospital

यसअघि सोही घटनामा फागुन २६ गते गोदावरी–५ गेटाबाट चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको थियो।

attariya hospital

फागुन २२ गते अत्तरियास्थित विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रमा कार्यरत सुन्दरलाल चौधरीमाथि कार्यालय परिसरमै दिनदहाडै खुकुरी प्रहार भएको थियो। उक्त घटनामा संलग्न ६ जना मध्ये अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।