खाेज्नुहाेस

अझै मर्मत भएनन् सडक बत्ती

Image

अत्तरिया – अत्तरियाका सडकमा बिग्रिएका सडक बत्तीहरू अझै मर्मत हुन सकेका छैनन्। स्थानीयले बारम्बार गुनासो गरे पनि रात पर्ने बित्तिकै सडक अन्धकार हुने अवस्था कायमै छ। नगरका मुख्य सडकहरू पूर्व रोड, महेन्द्रनगर रोड, गोदावरी पुल हुँदै अत्तरिया चोकसम्मको क्षेत्रमा जडान गरिएका सडक बत्तीहरू लामो समयदेखि बिग्रिएका छन्।

स्थानीय बासिन्दाहरूको अनुसार, बिग्रिएका बत्ती मर्मत नगरिँदा हिँडडुल गर्दा जोखिम बढेको छ। स्थानीय भाना बिष्टले रातको समयमा लाइट नहुँदा आवतजावतमा कठिनाइ हुने गरेको बताइन्। उनले एक्लै रातमा हिँड्न डर लाग्ने अनुभव सुनाइन्।

attariya hospital
navjiwan hospital

गोदावरी नगरपालिका – १ का भीम बिकले पनि लाइट नहुँदा दुर्घटनाको जोखिम बढेको र आवतजावतमा असुरक्षित महसुस हुने बताए। नगरपालिकाले मर्मतको प्रतिवद्धता जनाए पनि काममा ढिलाइ भएको भन्दै स्थानीय असन्तुष्ट छन्।

गोदावरी नगरपालिकाले चोकमा झिलिमिली पारेको भएपनी वरपर बजार क्षेत्रमा विग्रीएका सडक बत्ती पनि मर्मत नगरेर लापरबाही गरेको स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार : अत्तरिया चोकमा झिलिमिली चारैतिर अन्धकार : महिनौँ बितिसक्दा पनि मर्मत भएनन् सडक बत्ती

maya metro hospital