
कल्पना कुमारी देउवा, अत्तरिया– धनगढीमा पार्किङमा राखिएको ट्यांकरमा अटो ठोक्किदा ७ जना घाईते भएका छन । धनगढीस्थित ६ लेन सडकमा पार्किङमा राखिएको ना ५ ख २४४७ नम्बरको ट्याङ्करमा धनगढी उपमहानगरपालिका ०२७० नम्बरको अटो पछाडिबाट ठोक्किदा ७ जना घाईते भएका हुन ।
दुर्घटनामा अटो चालक, धनगढी उपमहानगरपालिका–२ का ५४ वर्षीय अशोक साउँद, धनगढी–३ की ५० वर्षीय लक्ष्मी शाही, धनगढी–१ की राजकुमारी चौधरी, सोही ठाउँकी ७० वर्षीय चन्द्र प्रभा श्रेष्ठ, धनगढी–८ की ४५ वर्षीय रामदेवी चौधरी र धनगढी–३ की चन्द्रा पाण्डे घाइते प्रहरीले बताएको छ । उनीहरूको स्वस्तिक अस्पतालमा उपचार भैरहेको छ ।
