खाेज्नुहाेस

कैलालीको घोडाघोडी क्याम्पसमा स्थगित भएको स्ववियु निर्वाचन चैत्र २३ गते हुने

Image

दुर्गा भट्टराई, अत्तरिया – कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि सो क्याम्पसमा स्थगित भएको स्ववियु निर्वाचन अब चैत्र २३ गते गर्ने सहमति भएको हो ।

navjiwan hospital

स्ववियु निर्वाचन तालिका अनुसार चैत्र ५ गते सबै क्याम्पसमा निर्वाचनको मिति तोकिएको थियो । तर उक्त क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा निर्वाचन प्रकृया रोकिएको थियो ।

attariya hospital

समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिएका थिए ।

तर निर्वाचन स्थगितको सूचना आए लगत्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ ।