खाेज्नुहाेस

बडेहा बिजौरा खानेपानीको सल्लाहकार समिति गठन, संयोजकमा पाठक

Image

लक्ष्मी बिष्ट, अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सल्लाहकार समिति गठन गरिएको छ । समितिको चैत ५ गते बसेको बैठकले राजेश पाठकको संयोजकत्वमा ५ सदस्यीय समिति चयन गरेको हो ।

navjiwan hospital

उक्त समितिका सदस्यहरुमा दिनेश कुमार शाह, देव बहादुर चन्द, कृष्ण बहादुर बलायर (केबी) र शेर बहादुर सार्की चयन भएका छन् । समितिको बैठकले कानुनी सल्लाहकार पनि चयन गरेको छ ।

attariya hospital

कानुनी सल्लाहकारमा दिपक राज जोशीलाई चयन गरिएको समितिका अध्यक्ष चेतराज पन्तले जानकारी दिए । उनले समितिका कामकारबाही पारदर्शी बनाउन र समिति जनमुखी बनाउन समितिको विधानअनुसारका पदहरुमा मनोनित गरिएको बताए ।