खाेज्नुहाेस

कैलालीको कान्द्रा नदीमा तटबन्ध निर्माण कार्य अन्तिम चरणमा

Image

कैलाली– कैलालीको कान्द्रा नदीमा तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त नदीमा ५ करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।

navjiwan hospital

नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण कार्य पनि सकिन लागेको जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण कार्य भैरहेको बताए ।

attariya hospital

उनका अनुसार जिल्लाको भजनी नगरपालिका–९ काँडामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको हो ।

यसैगरी गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भैसकेको उनले बताए । वर्षायाममा उक्त नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएको छ ।