खाेज्नुहाेस

गोदावरीमा पहिलो दिन १९० राष्ट्रिय परिचय पत्र बाँडिए

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा पहिलो दिन १९० वटा राष्ट्रिय परिचय पत्रहरु वितरण गरिएका छन । आज दिउँसो नगरपालिकाको वडा नं. १ बाट वितरण कार्य सुरु भएको हो ।

navjiwan hospital

जसअन्तरगत पहिलो दिन १९० वटा परिचय पत्रहरु वितरण गरिएको वडा नं. १ का कर्मचारी कमल बहादुर शाहले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन भएको अभियानका दौरानमा राष्ट्रिय परिचय पत्रको फाराम भरेकाहरुको कार्ड वितरण कार्य भैरहेको बताईएको छ ।

attariya hospital

उक्त कार्य अन्य वडामा पनि जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीबाट वितरण गरिने नगरपालिकाले जनाएको छ ।