खाेज्नुहाेस

कैलालीमा एसइईको प्रश्नपत्र सहित शिक्षक पक्राउ

Image

लम्की – कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन । बिहिबार लम्किचुहा नगरपालिका – ४ कैवापुरमा रहेको सरस्वती माविका शिक्षक दीपक धमाला पक्राउ परेका हुन ।

navjiwan hospital

प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीले उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेको जनाएको छ ।

attariya hospital

उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमालाले प्रश्नपत्र पठाउको पाइएको छ । प्रहरीले उनको म्यासेन्जरमा ९ बजेर ३५ मिनेटमा प्रश्नपत्र आएको जानकारी दिएको छ । प्रहरीले घटनाका बारेमा परीक्षा समितिमा जानकारी पठाइएको जनाएको छ ।