धनगढी – सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सँग भेटघाट गरेका छन । भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम पुगेका सेना प्रमुख सिग्देल निवासमै पुगेर मुख्यमन्त्रीलाई भेटेका हुन् ।

भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए ।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए । यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ ।


















