अत्तरिया – कैलालीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलालीको जानकी गाउँपालिका र धनगढीबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।


जानकी गाउँपालिका–८ खैरीपुरबाट स्थानीय २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी खैरो हेरोइनसहित पक्राउ परेका परेका छन् । दुवै जनाको साथबाट १ सय मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगरका २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह पक्राउ परेका छन्। दुवै जनाको साथबाट ३३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
