धनगढी– नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ । बुधबार धनगढीमा सम्पन्न संघको प्रथम अधिवेशनले चेतराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर देउवा, सचिवमा भोजराज भट्ट, सहसचिवमा टेकराज भण्डारी र कोषाध्यक्षमा विक्रम स्वारलाई चयन गरेको छ । त्यस्तै सदस्यमा मिनबहादुर कुँवर, ध्रुव कार्की, धनबहादुर बिष्ट, तेजबहादुर खड्का, प्रसाद सिंह खड्का र पुष्पा भण्डारी चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र बिष्ट प्रमुख अतिथि रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका सह कोषाध्यक्ष टेकराज जोशी, धनगढी उपमहानगरपालिका – ४ का वडाध्यक्ष बुद्धिबहादुर खड्का लगायत विभिन्न यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सङ्घका सुदूरपश्चिम प्रदेश महासचिव भीमबहादुर कुँवरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
















