धनगढी – कैलालीमा करणीको आरोपमा एक युवक पक्राउ परेका छन ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्ट पक्राउ परेका हुन ।

मंगलबार साँझ पक्राउ परेका बिष्टमाथी जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।












