अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले आज देखि पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसअघि वडामा आयोजना भएको शिविरबाट राष्ट्रिय परिचय पत्रको फारम भरेकाहरूको राष्ट्रिय परिचय पत्र सम्बन्धित पालिकाबाट वितरण गर्न लागिएको हो ।

राष्ट्रिय परिचय पत्र वितरणका लागि जिल्लाका १३ वटै पालिकामा टोली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनले केही दिनसम्म पालिकाबाट परिचयपत्र वितरणको काम गरिने र, सो अवधिमा परिचयपत्र नबुझ्नेको कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिने बताए ।


















