धनगढीमा हिमालयन एजुकेशन फेयर २०२५ सम्पन्न, एसडिजिआइ ग्योवल युनिभर्सिटीको उत्साहजनक सहभागिता

धनगढी– धनगढीमा आयोजित दुईदिने हिमालयन एजुकेशन फेयर २०२५ सम्पन्न भएको छ । उक्त एजुकेशन फेयरमा एसडिजिआइ ग्योवल युनिभर्सिटीले उत्साहजनक सहभागिता जनाएको छ । मेलामा विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उच्च शिक्षा, करियर योजना र विश्वविद्यालयका सुविधाबारे जानकारी गराएका थिए ।

Karma Consultancy

शिक्षा मेलामा स्कूल अफ होटल म्यानेजमेन्ट एण्ड टुरिज्मका निर्देशक डा. हरवीर र आउटरीच एडमिशनका निर्देशक श्री देवेश भटनागर विशेष रूपमा उपस्थित रहेका थिए । उनीहरूले करिब १ हजार देखि १ हजार ५०० विद्यार्थीहरूलाई करियर सम्बन्धी परामर्श दिएका थिए । सहभागी विद्यार्थीहरू हाल कक्षा १२ को परीक्षाको तयारीमा छन्, जुन आगामी २४ अप्रिलदेखि ७ मेसम्म सञ्चालन हुने छ ।

citizen security services

शिक्षा मेलाले विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । धनगढीबाट ३५९ किलोमिटर टाढा रहेको एसडिजि आइ ग्योवल युनिभर्सिटीका विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यका रूपमा देखिएको छ । विश्वविद्यालयका अधिकारीहरूले सञ्चालन गरेका परामर्श सत्रहरू प्रभावकारी बनेका थिए । विद्यार्थीहरू विशेष गरी पाठ्यक्रम संरचना, चार वर्षीय अध्ययन कार्यक्रम, किफायती शुल्क व्यवस्था र छात्रावास सुविधाहरूमा रुचि राखेको देखिएको छ ।

attariya hospital

विशेषगरी छात्राहरू होटल म्यानेजमेन्ट र टुरिज्म क्षेत्रमा करियर बनाउने विषयमा बढी उत्साहित देखिएका थिए । छात्रहरू पनि यस क्षेत्रमा उपलब्ध अवसरहरूप्रति आकर्षित भएका थिए । मेलामा सहभागी विद्यार्थीहरूमध्ये धेरैले विश्वविद्यालयको प्रवेश प्रक्रियामा चासो देखाएका छन् ।

यस सहभागिताले एसडिजिआइ ग्योवल युनिभर्सिटीलाई नेपाली विद्यार्थीहरूसँग अझ नजिक बनाएको छ । विश्वविद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक मेलाहरूमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.