धनगढी – कैलालीको भासु भीरमा कार दुर्घटना भएको छ । चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुपप्र ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ बस्ने २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ । उनको अत्तरियामा उपचार भइरहेको छ ।

कार चालक नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहितका कारमा सवार अन्य तीन जना भने सकुशल छन् ।
