खाेज्नुहाेस

गोदावरीमा आज देखि नगर स्तरीय परीक्षा सञ्चालन 

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आजदेखि नगर स्तरीय परीक्षा सञ्चालन हुँदै छ । नगरपालिकामा कक्षा ५ र ८ को नगर स्तरीय परीक्षा सञ्चालन हुन लागेको हो ।
attariya hospital
navjiwan hospital
परीक्षा बिहान ८ बजेबाट सुरु हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
चैत्र ६ गते सम्म सञ्चालन हुने परीक्षाका लागि १३ वटा केन्द्र तोकिएका छन् । कक्षा ८ को परीक्षामा ५९ विद्यालयका ३ हजार २३१ विद्यार्थी सहभागी हुँदै छन् ।