खाेज्नुहाेस

सुदूरपश्चिम सेवा समाज मुम्बईले वार्षिकोत्सव सँगै सांस्कृतिक धमाका आयोजन गर्ने

Image

मुम्बई – सुदूरपश्चिम सेवा समाज मुम्बईले आगामी चैत ३ गते (मार्च १६, २०२५) आइतबारका दिन भि.पि.एम कलेज, मिठाघर रोड, मुलुन्ड इस्टमा सातौं वार्षिक उत्सव तथा सांस्कृतिक धमाकाको आयोजना गर्ने भएको छ। साथै, अर्को दिन चैत ४ गते (मार्च १७, २०२५) पश्चिम मुम्बईको मिरारोडमा पनि बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न भएको हो ।

navjiwan hospital

यस विशेष अवसरमा सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर प्रमुख आतिथिका रूपमा उपस्थित रहनेछिन् भने चर्चित गायिका टीका सानु लगायत विभिन्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

attariya hospital

यसैगरी, नेपाली युवा क्लब मुम्बईद्वारा आयोजित तेस्रो कार्यक्रममा पनि लक्ष्मी बोगटी कुँवर प्रमुख आतिथिका रूपमा सहभागी हुँदै विभिन्न कलाकारहरूसँग सांस्कृतिक प्रस्तुति दिनेछिन्। कार्यक्रममा उनले समाजसेवा, सहयोगी हातहरू जुटाउने प्रयास तथा भविष्यका योजनाहरूबारे जानकारी दिने बताइएको छ।

सुदूरपश्चिम सेवा समाज मुम्बईले मुम्बईमा बसोबास गर्ने सम्पूर्णलाई सहभागी हुन आग्रह गरेको छ ।