खाेज्नुहाेस

बैतडीमा भाइको हत्या गरेर फरार भएका कर्ण पक्राउ

Image

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका मुख्य अभियुक्त कर्णबहादुर विष्ट पक्राउ परेका छन्। ४५ वर्षीय विष्टलाई भारतको धारचुलाबाट शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गत शनिबार राति भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टलाई गोली हानी हत्या गरेर फरार भएका कर्णबहादुरलाई प्रहरीले मोबाइल लोकेसन ट्र्याक गरी पक्रिएको हो। उनी भारतसँग सीमा जोडिएको धारचुला क्षेत्रमा लुकेर बसेका थिए। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, उनलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको छ।

attariya hospital
navjiwan hospital

अनुसन्धानका क्रममा सुरेन्द्र र कर्णबहादुरबीच ४० हजार रुपैयाँको लेनदेन विवाद रहेको खुलेको छ। शनिबार बेलुका करिब ८ बजे घर नजिकैको होटेलमा खाना खाइरहेको बेला दुईबीच भनाभन भएको थियो। विवाद चर्किएपछि कर्णबहादुरले गोली प्रहार गरेका थिए।

प्रहरीका अनुसार, कर्णबहादुर पहिले पनि हातहतियार ओसारपसारको अभियोगमा संलग्न रहिसकेका छन्।

सम्बन्धीत समाचार : खाना खाँदा खादै गोली हानेर हत्या