खाेज्नुहाेस

खाना खाँदा खादै गोली हानेर हत्या

Image

बैतडी – बैतडीमा गोली हानेर युवकको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको शनिबार बेलुका गोली हानेर हत्या गरिएको हो । घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा स्थानीय ४५ वर्ष कर्ण विष्टले गोली हानेर हत्या गरेका हुन । ढाडमा गोली लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको बैडतीका प्रहरी प्रमुख तथा डीएसपी मकेन्द्र मिश्रले बताए ।

सुरेन्द्रको हत्यामा पैसा लेनदेनको विषय जोडिएको डीएसपी मिश्रको भनाइ छ । उनका अनुसार सुरेन्द्रले दाइ नाता पर्ने कर्णलाई ४० हजार रुपैयाँ सापटी दिएका थिए । उक्त रकम फिर्ता गर्न उनले पटक पटक ताकेता गरेका थिए । तर रकम फिर्ता गरेपछि उनीहरुबीच विवाद समेत भएको थियो ।

attariya hospital
navjiwan hospital

रकम मागेर पटक पटक बेइजत गरेको भन्दै कर्णले खाना खाइरहेको बेलामा आफ्नै भाइ नाता गर्ने सुरेन्द्रलाई गोली हानेको स्थानीयलाई उदृत गर्दै डीएसपी मिश्रले बताए । भरुवा बन्दुकबाट गोली प्रहार गरेपछि उनी बन्दुक लिएर फरार भएका थिए ।

प्रहरी चौकीबाट निकै टाढाको ठाउँ, भिर पाखा भएकाले खोजीमा समस्या भएको प्रहरीको भनाइ छ । हत्या गरेर फरार भएका कर्णविरुद्ध यसअघि वन्यजन्तु चोरी शिकारी समेत मुद्दा चलेको पाइएको प्रहरीको भनाइ छ ।

पछिल्लो समयले उनी भरुवा बन्दुकको भरमा जंगली जनावरको सिकार गर्दै आएको स्थानीयले प्रहरीसमक्ष बताएका छन् । व्यक्ति पहिचान भइसकेकाले छिट्टै उनी पक्राउ पर्ने प्रहरीको दाबी छ । उनको खोजीका लागि ४ वटा टोली खटाइएको डीएसपी मिश्रले बताए ।