खाेज्नुहाेस

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

Image

दार्चुला– दार्चुलामा जिप दुर्घटना भएको छ । बुधबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका– २ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

navjiwan hospital

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । मृत्यु हुनेमा महाकाली नगरपालिका–२ का २५ वर्षीय जिप चालक महेश भुल रहेको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनामा महाकाली नगरपालिका–२ का १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुल घाईते भएको र उनिहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले बताए ।

घाइतेहरूको अवस्था सामान्य रहेको बताईएको छ ।