बैतडी – बैतडीमा गोली हानेर एक युवाको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका-८ का सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरिएको हो।
स्थानीय करिब ४५ वर्षीय कर्ण बिष्टले लेनदेन विवादका क्रममा गाउँकै भाइ नाता पर्ने सुरेन्द्र बिष्टको हत्या गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।


गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारको लागि अस्पताल लग्ने क्रममा ज्यान गएको थियो ।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Update : खाना खाँदा खादै गोली हानेर हत्या


















