खाेज्नुहाेस

दार्चुलामा अवरुद्ध सडक सुचारु

Image

खलङ्गा- दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ।

navjiwan hospital

शनिबार बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।

attariya hospital

सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।