खाेज्नुहाेस

ज्ञानज्योती सेकेन्डरी स्कुलको वार्षिकोत्सवमा अतिथिलाई रुद्राक्षले स्वागत

Image
अत्तरिया– सामान्य रूपमा कार्यक्रममा खादा मालाले अतिथिहरूलाई स्वागत गर्ने गरिन्छ । तर कैलालीको गोदावरी नगरपालिकामा रहेको एउटा स्कुलले भने अतिथिहरूलाई अनौठो स्वागत गरेको छ । नगरपालिकाको वडा नं। २ मा रहेको ज्ञानज्योती सेकेन्डरी स्कुलले अतिथिहरूलाई रुद्राक्षको मालाले स्वागत गरेको हो ।
attariya hospital
शुक्रवार विद्यालयको २८औ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका अतिथिहरूलाई विद्यालयले रुद्राक्षको मालाले स्वागत गरेको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल जगवीर थापाले अतिथिहरूमा सकारात्मक भावना जागृत गराउने उद्देश्य ले कार्यक्रममा रुद्राक्षको मालाले स्वागत गरिएको बताए ।
navjiwan hospital
उनले उक्त मालाले धार्मिक आस्थालाई पनि दर्साउने बताए । ‘फुलको माला ले स्वागत गर्दा अतिथिहरु तत्काल लगाउने र पछि ओइलाइसकेपछि त्यत्तिकै फाल्नुपर्ने अवस्था आउँछ’ उनले भने ‘तर यो माला लगाइसकेपछि अतिथिहरूमा सकारात्मक भावनाहरू पनि आउने र कार्यक्रम पछि धार्मिक कार्यका लागि पनि प्रयोग गर्न सकिन्छ ।’ त्यति मात्रै नभई रुद्राक्ष नेपाली उत्पादन भएकाले नेपालको प्रवर्द्धन का लागि पनि कार्यक्रम मा त्यसको प्रयोग गरिएको थापाले बताए ।
उनका अनुसार सुदूरपश्चिममा सम्भवत पहिलो पटक अतिथिहरूलाई रुद्राक्षको मालाले स्वागत गरिएको हो । ‘म प्याब्सनको कार्यक्रम मा पाँचथर जाँदा यस्तो स्वागत गरेको देखेको थिए’ उनले भने ‘अतिथिलाइ स्वागत गर्ने कुरामा बिचार गर्दा उपयुक्त त्यही लागेर त्यसलाई यहाँ अवलम्बन गरेको हुँ ।’ उनले यस्ता कार्यक्रमहरूमा स्वदेशी उत्पादनहरूको पनि प्रचार गरिनुपर्ने बताए ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका का नगर प्रमुख वीरेन्द्र भट्ट रहेका थिए भने विशिष्ट अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन । कार्यक्रम मा विद्यालयका बिध्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट हरूलाई पुरस्कृत एवम् सम्मानित पनि गरिएको थियो ।