खाेज्नुहाेस

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जोशी सम्मानित 

Image
धनगढी – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका – ६ मटियारीमा अवस्थित राइजिङ स्टार इङ्लिस स्कुलले शुक्रवार आफ्नो ७ औँ वार्षिकोत्सव प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जोशीलाई सम्मानित गरेको हो।
attariya hospital
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य धर्म पाठक र विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले उपकुलपति जोशीलाई दोसल्ला र अभिनन्दन पत्रसहित सम्मानित गरेका थिए। विगत ३५ वर्षदेखि शिक्षा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा जोशीले पुर्‍याएको विशिष्ट योगदानका लागि उपकुलपति जोशीलाई राइजिङ स्टार सम्मान प्रदान गरिएको प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए।
navjiwan hospital
 सम्मान पछि वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दे उपकुलपति जोशीले राइजिङ स्टारले छोटै समयमा लोकप्रियता हासिल गरेकोमा खुसी लागेको बताए। उनले शैक्षिक गुणस्तरका  साथै अतिरिक्त क्रियाकलापमा विद्यालयले फड्को मारेको बताउँदै कला र संस्कृतिको विकासमा पनि विद्यालयले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।
 उपकुलपति जोशीले विद्यालयले आफूले समाजमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेकोमा आभारसमेत प्रकट गरेका छन्।   वार्षिकोत्सव समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरू र अभिभावकहरूलाई पनि सम्मानित गरिएको थियो।
 समारोहमा वरिष्ठ बाल रोग विशेषज्ञ डा. प्रदीप मिश्र, कैलाली क्याम्पसका सह प्रा. सीताराम भट्ट, एसपिएका उप प्रा. बलराम भट्ट, निसर्ग हस्पिटलका अध्यक्ष तीर्थ पन्त लगायतलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूका आकर्षक प्रस्तुतिहरू राखिएका थिए। उक्त विद्यालयमा झन्डै ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।