खाेज्नुहाेस

समीर भट्ट स्टारर ‘बलिदान’ को पोस्टर सार्वजनिक, आउँदो वर्ष फुलपातीमा रिलिज हुने

Image

काठमाडौं । समिर भट्ट स्टारर बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ को पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बलिदानको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक भएको पोस्टरमा समिरले रक्तपात मच्चाइरहेको देखिन्छ ।

navjiwan hospital

एउटा पोस्टरमा समीर भुईंमा रहेका दर्जनौँ शवमध्ये एउटाका खुट्टमा समाएर घिस्याइरहेका छन् । अर्को पोस्टरमा त्रिशूल र घरेलु हतियार पूरै रक्तपात मच्याइसकेपछि अवस्थामा कालीमाताको अगाडि उभिएका छन् ।

attariya hospital

पोस्टर सार्वजनिक गरेसँगै निर्माण पक्षले रिलिज डेटपनि तोकिएको छ । आगामी दशैंको फूलपातिको दिन सो फिल्म रिलिज हुने जानकारी गराएको छ । निर्माता सन्तोष सेनले आफूले बलिदान जस्तो चलचित्र निर्माण गर्ने सोच बनाएको र यसका लागि यति ठूलो बलिदानी दिनुपर्छ भन्ने कल्पनासम्म नगरेको बताएका छन् ।

कथाले सिंगो जननी बोकेको कारणले पनि जीवनभर बगाएको रगत–पसिनामध्ये सबैभन्दा धेरै यस मा बगाएको महसुस भएको सन्तोषको भनाई छ । उनले ‘बलिदान’ लाई २०८२ सालको फूलपातीमा रिलिज गरिने बताए ।