खाेज्नुहाेस

पहिलोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

Image

दार्चुला– पहिरोका कारण दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ । जिल्लाको महाकाली नगरपालिका– ५ किम्तडी ठण्याकाठामा लेदोसहितको पहिलो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको हो ।

navjiwan hospital

उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण यातायात सेवा समेत ठप्प बनेको प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा तराईबाट जिल्लाको सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

attariya hospital

जसका कारण स्थानीयवासी तथा यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भईरहेको छ ।