खाेज्नुहाेस

उकु महलमा भेटिए १५ औँ शताब्दीका मन्दिरहरूका भग्नावशेष

Image

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु महलमा १५ औँ शताब्दीको मन्दिरहरूका भग्नावशेष भेटिएका छन् । पुरातत्व विभागले एक महिनादेखि यस क्षेत्रमा गरिरहेको उत्खननको क्रममा तीन वटा मन्दिरहरूका भग्नावशेष भेटाएको हो । वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले उत्खननका क्रममा यहाँ ठुलो संख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्ध भाग, ढुङ्गेधारा, बसाहा, सिंहलगायत थरी थरीका आकृति भएका वस्तुका अवयव भेटिएको बताए ।

navjiwan hospital

यो ठाउँमा शिखर वास्तु शैलीको जग र ढुङ्गा भेटिएकाले यो राजा बस्ने महलभन्दा पनि मन्दिर नै भएको वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीले बताए । ‘अहिले यहाँको वास्तु अवशेषहरूको अनुसन्धानको काम गरिरहेका छौँ,’ उनले भने, ‘यहाँ भएका आकृति हेर्दा १४, १५ औँ शताब्दतिर भएको हुनुपर्छ ।’

attariya hospital

गत वर्षबाट उकु क्षेत्रमा भएका वास्तु अवशेषहरूको व्यवस्थापन र उत्खननको काम भइरहेको छ । यो वर्ष एक सय मिटर पश्चिम पिपलबोटमा उत्खननको काम गरिएको उनले बताए । उत्खननको काम निकै संवेदनशील भएकाले ढुङ्गा सफा र नाप जाँच गरेर मात्रै ढुङ्गा छेउ लगाउने काम गरिएको छ । यसैबिच सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिह रावलले उकु महलको निरीक्षण गरेका छन् । पुरातत्व विभागले उत्खनन गर्दै आइरहेको भग्नावशेष स्थलको निरीक्षण गरेका हुन् ।

उकु महलको बारे लामो अनुसन्धान गरेका पूर्व मुख्यमन्त्री रावलले अहिले भइरहेको कामको प्रगतिको बारेमा पुरातत्व विभागको टोलीसँग जानकारी लिए । उनले भने, ‘यो सुदूरपश्चिमकै एक ऐतिहासिक सम्पदा हो । विश्व सम्पदा सूचीमा पर्ने सम्भावना निकै छ ।’ अहिले दार्चुलाको उकु र डडेल्धुराको अजयमेरुकोटको उत्खनन भइरहेको छ ।