कार्य सन्तुष्टि नै सफलताको अंश हो

कर्मण्येवाधिकारस्ते मा पलेषु कदाचन ।
मा कर्मफलहेतुर्मा ते सङ्खगो कस्त्वकर्मणि ।।

Karma Consultancy

कामलाई हामीले माया गरे हामी एकदिन अवश्य सफल हुन्छौ । भागवत गीतामा भनिएको छ– ‘तिलिाई कर्म गर्ने अधिकार छ, तर फलमा कहिल्यै अधिकार छैन । त्यसैले कर्मको फलको आशा नगरी कर्म गर, अनि अकर्मण्यतामा आसक्त नभए हुन्छ ।’ हो पछिल्लो समय नेपाली समाजमा युवाहरुमा आफ्नो कर्मप्रति दिन प्रतिदिन निराशापन पैदा हुनुको मुख्यकारण कर्मप्रतिको असन्तुष्टता हो । जबसम्म हामी हाम्रो कामप्रति सन्तुष्ट हुदैनौ, तब सम्म हामिले गरेका सम्पुर्ण कार्य असफल हुन्छन । ‘हामिले दैनिक गर्ने कामलाई सन्तुष्ट भई गर्न सक्नुपर्छ । अनि तत्काल त्यसको रिजल्ट नखोजी धैर्यता र सहनशीलता बानिको बिकास गर्न सक्नुपर्छ’ मानविय कार्यलाई जोडेर मनुस्मृतिको (८.१५) मा लेखियको छ ।

citizen security services

कायेन वाचा मनसेन्द्रियैर्वा
बुद्धयात्मना वा प्रकृतिस्वभावात् ।
करोति यद्यत् सकलं परस्य
स तेन साम्यं न त हीयतेकसौ ।।

attariya hospital

जो व्याक्तिले आफ्नो शरीर, वाणी, मन, इन्द्रिय, बुद्धि र आत्माको स्वाभाविक कर्म गर्छ, उ आफुलाई हानि नगरी उच्च स्थानमा पुग्छ । वास्तवमा समाजले पचाउने, देशको कानुनले मानेको जस्तोसुकै काममा पनि हामी लगनशिल भई कार्य गर्दा सफलता प्राप्त गर्न सक्छौ । जुन व्यक्तिले आफ्नो कार्यमा प्रभावकारी र उत्साहित भई लगनशिलताको साथ काम गर्छ, उसले सजिलै सफलता हासिल गर्न सक्छ । हामी कार्य सन्तुष्टिबाट सफल भएका विभिन्न व्यक्तिको जीवनीबाट आफुमा उर्जा ल्याउन सक्छौ ।

मैले यहाँ अब्राहम लिंकनको कार्य सन्तुष्टिका कारण उनिमा आएको सफलताको उदाहरण बाट प्रस्ट पार्न चाहन्छु । कार्यसन्तुष्टिको हाम्रो जिवनमा कतिमहत्व छ भन्ने कुरा यसले अवश्य दर्शाउन सक्नेछ ।

अब्राहम लिंकन गरिब परिवारमा जन्मेका थिए । उनले सुरुवाती दिनहरु श्रमिका रुपमा बिताएका थिए । उनि सामन्य मेलामा तथा सामान्य लेखापढि काम गरे । उनले सानो काममा पनि सन्तुष्ट भएर उर्जाशिल भई काम गर्ने गर्थे । उनले गरिबीको कारण किताब किन्न नसकेपनि छिमेकीहरुबाट किताव मागेर पढे । उनले आफुले पढेको ज्ञानलाई आफुमा मात्र सिमित राख्दैनथे । अरुलाई सिकाउने अनि त्यसको अभ्यासद्धारा जिवनमा लागु गर्ने प्रयास गर्दथे । एकपटक उनले आफ्नो पसलमा यकजना ग्राहकलाई कम पैसा फिर्ता दिएका थिए, त्यसपछि उनले माइलौ हिडेर ति ग्राहकलाई पैसा फिर्ता दिए । जसबाट उनले ग्राहकबाट पाएको धन्यवादलाई आत्मसन्तुष्टि र काम प्रतिको इमान्दारिता महशुस गरे । लिंकनले वकालत गर्दा पनि कुनै ग्राहकबाट पनि पैसा लिएनन् । उनले गरिब मानिसहरुले मुद्धा लड्नका लागि आग्रह गरेर पछि पैसा लिन अस्वीकार गर्थे र निःशुल्क कानुनी सेवा दिन्थे । उनको गरिब प्रतिको माया अनि दृढ इच्छाशक्तिको कारण आफ्नो कामलाई निरन्तर दिए । अन्तत उनि अमेरीकाको १६औ राष्ट्रपति बन्न सफल भए ।

अतः हामिले अब्राहम लिंकनको जिवनले हामीलाई कार्यसन्तुष्टिले नै दिर्घकालिन सफलता दिलाउँछ भन्ने कुरा सिक्न जरुरी छ । उनले आफ्नो कामलाई सधै इमान्दारिताका साथ गरे, जसको कारण उनी इतिहासकै एक महान नेताका रुपमा चिनिए । साँचो सफलता भनेको धन वा प्र्रसिद्धि मात्र होईन, आत्मा सन्तुष्टि र उच्च नैतिकता हो, जुन लिंकनको जीवनले स्पष्ट रुपमा प्रमाणित गर्छ ।
हामिले कार्यप्रति सन्तुष्ट भई दैनिक कार्य संञ्चालन गर्दा निम्न सुधार आउँछ ।

१.कामको सक्षम परिणाम : यदि हामी हाम्रो काम प्रति सन्तुष्ट छौ भने हामीले राम्रो मनोभावले कार्य गर्छाै । जुन व्यक्तिले कामलाई तनाव होइन, अवसरको रुपमा लिन्छ, तब उसले गरेको कामको परिणाम अझ सक्षम हुन्छ ।

२. मानसिक शान्ती र स्थायित्व : व्यक्तिको कार्यप्रतिको सन्तुष्टिले उसको मनमा शान्ती ल्याई कामप्रति स्थायीत्व ल्याउँछ । जसले गर्दा कामकै लागि चारैतिर चहार्नुपर्ने अवस्था रहदैन ।

३. सृजनशील बनाउछ : जब कुनै व्यक्तिले आफ्नो कामलाई माया गर्छ त्यसमा रमाउँछ, उ नयाँ विचारहरु ल्याउन सक्छ । रचनात्मकता र नविन सोच सफलताको लागि आवश्यक हुन्छ, जुन कार्य सन्तुष्टी बाट नै सम्भव हुन्छ ।

४. दिर्घकालिन सफलता : सन्तुष्टि बिना गरेको काम अस्थायी हुनसक्छ, तर जुनसुकै काम उत्साह र सन्तुष्टिपुर्वक गरिन्छ भने, त्यसले दिर्घकालिन रुपमा सफलताको सम्भावना बढाउँछ ।

५. आत्म—विकासको मार्ग सृजना : काममा सन्तुष्ट व्यक्ति आत्मपरिष्कारको बाटोमा अग्रसर हुन्छ । उसले आफ्नो सिप, ज्ञान र दक्षतामा सुधार ल्याउने प्रयास गर्छ, जसले सफलताको सम्भावना बढाउँछ ।

अतः हाम्रो बाहिरी सफलता मात्र महत्वपुर्ण हुदैन, बरु आन्तरिक सन्तुष्टि पनि आवश्यक छ । यदि कुनै व्यक्ति आफ्नो कर्ममा सन्तुष्ट छ भने, उ सफलताको मार्गमा अगाडि बढ्छ । खुसी र समर्पणसहित गरिने काम नै साँचो सफलता हो ।

लेखक डिप्रोक्स लघुवित्तमा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.