खाेज्नुहाेस

ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : न्याय माग्दा उल्टै दमन

Image

काठमाण्डौं – भारतको ओडिसा राज्य स्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक अध्ययनरत बुटवलकी २० वर्षीय प्रकृति लम्सालको मृत्यु प्रकरणको छानविनको माग गर्ने नेपाली विद्यार्थीमाथी चरम दमन गरिएको छ । आइतबार प्रकृतिले आत्महत्या गरेको भनिएपनि उनीलाई मानसिक तनाब दिनेमाथी कारवाही हुनुपर्ने विद्यार्थीले माग गरेका थिए । त्यहाँ अध्ययनरत विद्यार्थीका अनुसार प्रकृति माथी भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले लगातार दुर्व्यवहार गर्दै आएका थिए ।

प्रकृतिले आफूलाई मानसिक यातना दिइरहेको भन्दै दुई पटक लिखित उजुरी समेत दिएकी थिइन । प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई पटकपटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताए।

attariya hospital

‘कलेज प्रशासनलाई सबै विगत थाहा थियो, पहिलो पटक उजुरी पर्दा केही दिन कलेजबाट निलम्बन पनि गरेको थियो’, भुवनेश्वरबाट उनले भने, ‘दोस्रो पटक पनि उजुरी गर्दा आइन्दा बहिनीसँग सम्पर्कमा नरहन भनेर लिगल एक्सन नलिई छाडेको रहेछ ।’
उनले कलेजले गरेको लापरबाहीकै कारण प्रकृतिको ज्यान गएको बताए ।

आइतबार साझ प्रकृतिको शब कलेजको होस्टेल कोठामा भेटिएपछि आरोपित श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए । त्यसक्रममा राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनापछि आक्रोशित विद्यार्थीमाथि कलेज प्रशानसनले भने दमन गरेको छ । प्रकृतिको न्यायका लागि विरोधमा उत्रिएका विद्यार्थीलाई कलेजबाट निकाल्दै रेलवे स्टेसन पु¥याएको थियो ।

maya metro hospital
navjiwan hospital

लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए ।

कलेजले सामान्य आत्महत्या घटना भनेर विज्ञप्ती निकालेपछि आक्रोशित भएका विद्यार्थीमाथी कलेज प्रशासनले विद्यार्थीलाई दुःख दिने काम गरेको थियो ।
घटना भएको दिन राति १० बजेदेखि होस्टेलमा प्रदर्शन सुरु भएपछि सोमबार बिहान नेपाली विद्यार्थीलाई कलेजबाट निकाल्न सुरु गरिएको थियो । कलेजले करिब ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगेर छाडको थियो भने सोमबार दिउँसो कलेज प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । केआईआईटी कलेजमा नेपाली विद्यार्थी पठाउने काठमाडौंस्थित एड्मिज एजुकेशन नेपालकी सञ्चालक रिता थापाका अनुसार, त्यहाँ अहिले कम्तिमा १४ सय नेपाली विद्यार्थी अध्ययनरत् छन् ।

Karma Consultancy

इञ्जिनियरिङ, व्यवस्थापन, कानून, मेडिकलसहितका विभिन्न कोर्समा नेपाली विद्यार्थी पढ्नलाई त्यहाँ जाने गरेका छन् ।
नेपाली विद्यार्थीमाथी दमन भएपनि नेपालबाट चर्को दवाव र भारतीय विद्यार्थी पनि नेपाली विद्यार्थीको समर्थनमा आन्दोलनमा उत्रिएपछि अहिले भने कलेज प्रशासनले नेपाली विद्यार्थी माथिको निलम्बन फिर्ता लिएको जनाएको छ ।

केआईआईटीले सोमबार नै एक विज्ञप्ति जारी गर्दै निलम्बन फिर्ता लिएको जनाएको छ । “विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप स्पष्ट पार्दै भनिएको छ, ‘यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्‍याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ । यसैअनुसार शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको छ । शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको थियो ।’
मृतक छात्रा बी.टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

update : ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : केआईआईटीका २ कर्मचारी बर्खास्त, ३ निलम्बित