चुरे–५ का दुई विद्यालयका विद्यार्थीलाई बालमैत्री पोशाक वितरण

अत्तरिया– चुरे गाउँपालिका– ५ मा रहेका दुई ओटा विद्यालयका विद्यार्थीहरुलाई बालमैत्री पोशाक वितरण गरिएको छ । सोमबार बसन्त पंचमीको अवसरमा उक्त वडामा रहेका समैजी आधारभुत विद्यालय मौरी र मसानी आधाभुत विद्यालयका बालबालिकाहरुलाई बालमैत्री पोशाक वितरण गरिएको हो ।

maya metro hospital

खानीडाँडाका होटल व्यवसायी बालकृष्ण सापकोटाले समैजी आधारभुत विद्यालयका सबै विद्यार्थी र मसानी आधारभुत विद्यालयका २४ जना विद्यार्थीहरुलाई बालमैत्री पोशाक वितरण गरेका हुन । उनले आफूले बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारी विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेको बताए ।

citizen security services

उनका अनुसार उक्त पोशाकहरु काठमाण्डौ निवासी संगम पुस्तक प्रकाशनका प्रबन्धक सहदेव प्रसाई सापकोटा र हाल अमेरिका बस्दै आएका बसन्त सापकोटाले उपलब्ध गराएका हुन । उनले आफूले अनुरोध गरेपछि दुवै जनाले पोशाक सहयोग गरेको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.