दार्चुला – तीन दिन देखि महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा अवरुद्ध महाकाली लोकमार्ग अझै सुचारु हुन सकेको छैन । शुक्रबार बिहानै सडक चोडा पार्ने क्रममा सुख्खा पहिरो खस्दा कटिङ गरिरहेको मेसिन पहिरोमा परेपछि सडक अवरुद्ध भएको थियो ।

जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्ग अवरुद्ध भएपछि स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि खुलाउन भने चासो नदिएको स्थानीयको गुनासो गरेका छन ।

स्थानीय महेश भट्टले सडक मार्ग अवरुद्ध भएपछि काम बिशेषले सदरमुकाम आउजाउ गर्ने नागरिकले अप्ठ्यारो बाटोबाट पैदल हिँड्नुपर्ने अवस्था सृजना भएको बताए ।