खाेज्नुहाेस

बैतडीमा जिप दुर्घटना : ६ जना गम्भीर घाइते

Image

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान जिप दुर्घटना हुँदा सोही ठाउँका ६ ना गम्भीर घाईते भएका हुन ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास गाउँपालिका–१ को माडौँमा दुर्घटनाग्रस्त भएको हो । जिप दुर्घटनामा सिगास गाउँपालिका–१ इरानाकी जयन्ती धामी, तुलसी धामी, निरा धामी, पार्वती धामी, कमला धामी र धौली धामी घाइते भएका बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए ।

attariya hospital

प्रहरीका अनुसार सडकबाट जिप ५ सय मिटर खसेको थियो । घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडी प्रहरीले जनाएको छ । जिपमा चालकसहित ८ जना सवार रहेका थिए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

update : बैतडीमा जिप दुर्घटना अपडेट: घाइते २ जनाको मृत्यु