बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जिप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको हो ।


सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा घाइते भएका सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीय जयन्ती धामी र १९ वर्षीय पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीय निरा धामी, १८ वर्षीय कमला धामी, र १४ वर्षीय भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइते उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।