बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

काठमाडौँ – बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ । अभिनेता खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी गएराति धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

maya metro hospital

घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन ।
घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ भने दोषीको खोजी कार्य जारी छ ।

citizen security services

घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गरेका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.