अत्तरियाको दुर्गालक्ष्मी नमुना माविमा पीटी प्रशिक्षण कार्यक्रम आयोजना

अत्तरिया– कैलालीको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा पीटी प्रशिक्षक कार्यक्रम आयोजना गरिएको छ । विद्यालयले आईतबार देखी कार्यक्रम सुरु गरेको हो । दुई दिने कार्यक्रममा विद्यार्थीहरुलाई पीटी (फिजिकल ट्रेनिङ) गराईएको विद्यालयले जनाएको छ ।

maya metro hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यार्थीहरुलाई शारिरीक रुपमा स्वस्थ राख्न पीटी आवश्यक भएको बताए । उनले बिहानीको समयमा गरिने पीटी बालबालिकाहरुका लागि निकै महत्वपुर्ण भएको बताए । उनले बालबालिकाहरुलाई पीटीका लागि बुटबलमा रहेको कालिका मानवज्ञान नमुना माध्यमिक विद्यालयका खेलप्रशिक्षक एवम् मोटिभेसनल स्पिकर हरिश ओलीलाई ल्याईएको बताए ।

citizen security services

‘देशभरीका सामुदायिक विद्यालयका बालबालिका र अभिभावकहरु तथा विद्यालयसँग समेटिएका विभिन्न पक्षहरुका लागि उत्प्रेरणाका कक्षाहरु उहाँले सञ्चालन गर्दै आउनुभएको छ, त्यो देखिरहदा हामीले पनि उहाँलाई विद्यालयमा ल्याउने लामो समयदेखी सोच बनाएका थियौँ’ उनले भने ‘फलस्वरुप उहाँ आउनुभयो, हामीले दुई दिनदेखी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पाएका छौ ।’ उनले विद्यार्थीको शैक्षिक उन्नयनका साथै दबेर बसेको उत्प्रेरणा शक्तिलाई माथी उठाउने सोचले कार्यक्रम आयोजना गरिएको बताए ।

attariya hospital

उनले प्रशिक्षकले दुई दिन तालिम सञ्चालन गरेको भएपनि विद्यालयले यसलाई आगामी दिनमा निरन्तर रुपमा अघि बढाउने सोच बनाएको बताए । ‘हाम्रो विद्यालयमा २ जना खेलशिक्षक हुनुहुन्छ, उहाँहरुलाई पीटीको अभ्यास सिकाएर आगामी दिनमा विद्यालयमा निरन्तर पीटी प्रशिक्षण अगाढी बढाउने सोच छ ।’

उनले बिहानको पीटी प्रशिक्षणले कक्षाकोठा जानुपुर्व विद्यार्थी उत्प्रेरित भएर जाने वातावरण बन्ने बताए । उनले त्यसले शिक्षण सिकाईका समयमा विद्यार्थीमा अल्छिपना तथा आलस्यता भागेर जाने बताए । त्यसले विद्यार्थीहरुको नतिजामा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । प्रशिक्षणका साथै विद्यालयमा अभिभावकलाई सम्मान कार्यक्रम पनि राखिएको थियो । जसमा विद्यार्थीहरुले आफ्ना आमाबुवाको सम्मान गर्ने अध्यक्ष शाहले बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.